गुगलले नयाँ एआई ‘जेनेसिस’ परीक्षण गर्दै, अब एआईले समाचार समेत लेख्ने

  २०८० साउन ४ गते १८:०४     विकासन्युज

काठमाडौं । गुगलले आफ्नो नयाँ एआई ‘जेनेसिस’ परीक्षण गरिरहेको छ । सो एआई उपकरणले सान्दर्भिक सूचना र ताजा घट्नाहरुको प्रोसेस गरेर समाचार समेत लेख्न सक्ने जनाइएको छ । गुगलले आफ्नो सो नयाँ उत्पादनलाई अमेरिकी प्रतिष्ठित सञ्चारमाध्यमहरुमाझ प्रस्तुत पनि गरिसकेको छ ।

के हो जेनेसिस ?
जेनेसिस एआई भनेको लेख्न सहयोग गर्ने उपकरण हो । पत्रकारहरुलाई लेख्न सहयोग गर्ने उद्देश्यले उक्त प्रविधिको विकास गरिएको हो । यसको सहयोगले पत्रकारहरुले कठिन कार्यहरु पनि सहज ढंगले गर्नसक्ने बताइएको छ ।

गुगलले सो प्रविधिलाई जनेरेटिभ एआईबाट उत्पन्न हुनसक्ने समस्याबाट प्रकाशन उद्योगलाई बचाउनको लागि महत्वपूर्ण विकासको रुपमा लिएको बताएको छ । गुगलका प्रवक्ता जेन क्राइडरका अनुसार यो उपकरणको मुख्य काम पत्रकारहरुलाई काममा सहज बनाउनु मात्र हो र यो उपकरण पत्रकारहरुलाई विस्थापित गर्नको लागि भने बनाइएको होइन ।

घटनाहरुको रिपोर्ट गर्ने, लेखहरु सिर्जना गर्ने र तथ्यको जाँच गर्ने काम पत्रकारहरुले गर्न सक्ने र सो उपकरणले पत्रकारहरुलाई लेखन शैलीमा सहयोग गर्ने जनाइएको छ । साथै सो उपकरणले पत्रकारहरुलाई हेडलाइन बनाउन समेत सुझाव दिने गर्छ ।

केही विज्ञहरुले भने यो उपकरणले पत्रकारिताको निष्ठामाथि असर पार्नसक्ने चिन्ता व्यक्त गरेका छन् । एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.