मध्य भोटेकोशीको सञ्चालकमा थेबेसहित ४ जना निर्वाचित

  २०८० असार २८ गते १६:१२     विकासन्युज

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको सञ्चालक समितिमा थेबेसहित ४ जना निर्वाचित भएका छन् । कम्पनीको गत असार ३० गते सम्पन्न ११ औं वार्षिक साधारणसभापश्चात् भएको निर्वाचनबाट सञ्चालक समितिमा राम कुमार थेबेसहित ४ जना सञ्चालक निर्वाचित भएका हुन् ।

कम्पनीको सर्वसाधारण समूहबाट ताप्लेजुङ्का थेबे, काठमाडौंका रमा खड्का, नुवाकोटका भूमिनन्द अर्याल र सिन्धुपाल्चोकका गोविन्द प्रसाद पराजुली निर्वाचित भएका कम्पनी सचिव कमल प्रसाद पण्डितले जानकारी दिए ।

यस्तै, कर्मचारी सञ्चयकोषबाट प्रतिनिधित्व गर्दै आएका कोषका मुख्य प्रबन्धक ध्रब भट्टराई भने स्वतः सञ्चालक नरहेको कम्पनी सचिव पण्डितले बताए ।

यससँगै कम्पनीको ८ सदस्यीय सञ्चालक समिति गठन भएको छ । कम्पनीको अध्यक्षमा सुभाष कुमार मिश्र, सञ्चालकहरुमा तुलसी राम ढकाल, श्रीरामराज पाण्डे, नारायण प्रसाद आचार्य, गोविन्द प्रसाद पराजुली, राम कुमार थेबे, भूमिनन्द अर्याल र रमा खड्का छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.