छुट्टै नियामक बनाएर सहकारीको नियमन गर्छौं : अर्थमन्त्री महत

  २०८० असार २६ गते १५:५३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले छुट्टै नियामक निकाय स्थापना गरेर सहकारी संस्थाको नियमन गरिने बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघको आयोजनामा ‘नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रममा मन्त्री महतले छिट्टै नियामक निकाय स्थापना गरिने बताए ।

अर्थमन्त्री महतले बजेटमा ल्याइएका कार्यक्रम तालिका बनाएर एक–एक कार्यान्वयन गर्ने दावी गरेका छन् ।

‘बजेटमा उल्लेख गरिएका निर्णय बोल्नका लागि होइन, कार्यान्वयन गर्ने गरी निर्णय गरेको हो’, महतले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.