मनाङ एयर दुर्घटना : ५ जना विदेशीसहित ६ जनाकै मृत्यु

  २०८० असार २६ गते १३:५९     विकासन्युज

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि भएको छ । सोलुखुम्बुको लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको कल साइन ९ एन एन एमभी हेलिकप्टरमा सवार क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना विदेशीसहित ६ जनाकै मृत्यु भएको हो ।

उक्त हेलिकप्टर मंगलबार बिहान लुक्लाबाट काठमाडौंका लागि उडेको  थियो । हेलिकप्टर उडेको करिब डेढ घण्टामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

क्याप्टेन चेतबहादुर गुरुङले उडान भरेको हेलिकप्टरमा पाँचै जना मेक्सिकन नागरिक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.