नेपाल इन्स्योरेन्सले न्यूरोडको ५ तले घरसहित ४ ठाउँको घरजग्गा बेच्दै

  २०८० असार २५ गते ७:०५     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको सम्पत्ति घरजग्गा बिक्री गर्ने भएको छ । इन्स्योरेन्सको आफ्नो स्वामित्वमा रहेका ४ वटा जिल्लाका घर र जग्गा लिलामीमा बिक्री गर्ने भएको हो ।

इन्स्योरेन्स कम्पनीले काठमाडौं, मोरङ्ग, पर्सा र चितवन जिल्लाका ४ वटा ठाउँको घरजग्गा बिक्री गर्ने जनाएको छ । साविक काठमाडौं महानगरपालिका २३, न्यूरोडस्थित कित्ता नम्बर १३५ मा रहेको ५७.६३ वर्गमिटर क्षेत्रफलमा बनेको ५ तले घर बिक्री गर्ने छ ।

यस्तै, मोरङ्गको साविक बिराटनगर उपमहानगरपालिका ११ स्थित कित्ता नम्बर ९ मा रहेको १ हजार ७६०.८० वर्गमिटर क्षेत्रफल जग्गा, पर्साको साविक बिरगन्ज उपमहानगरपालिका १४ स्थित कित्ता नं. ६५ मा रहेको १ हजार २५.२० वर्गमिटर क्षेत्रफलमा बनेको ३ तले पक्की घर र ट्रष्टको घर बिक्री गर्नेछ ।

यस्तै, चितवनको साविक भरतपुर नगरपालिका ५ स्थित कित्ता नम्बर ४२३५ को १ हजार ३०३.७० वर्गमिटर क्षेत्रफल भएको जग्गा बिक्री गर्नेछ ।

कम्पनीले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी २१ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.