आईएमई लाईफको आईपीओ ‘ओभर सब्स्क्राइभ्ड’, आवेदन दिने अन्तिम दिन सोमबार

  २०८० असार २४ गते १९:०१     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर ओभर सब्स्क्राइभ्ड भएको छ ।

कम्पनीले सर्वसाधारणको लागि सेयर जारी गरेको तेस्रो दिन बेलुकासम्ममा नौ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

कम्पनीले एक सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ ।

यस्तै पाँच प्रतिशत अर्थात् छ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को पाँच प्रतिशत अर्थात छ लाख कित्ता संस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको थियो।

आइएमई लाइफले बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आईपीओ निकालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.