प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेश कुमार भट्टराई, कम्पनीलाई उचाइमा पुर्याउने विश्वास

  २०८० असार २४ गते १२:५७     विकासन्युज

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले मर्जर पछि बन्ने कम्पनीको सीईओमा भट्टराईलाई नियुक्त गर्न स्वीकृति दिएको हो ।

व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका रमेश कुमार भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्सको स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृत थिए ।२०३८ सालमा नेपाल बैंक लि।को अधिकृत बाट बैकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् ।

२०५२ मंसिर १५ गते बीरगंजमा स्थापित महालक्ष्मी फाइनान्समा प्रथम पटक उनी संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । त्यसपछि निरन्तर नेपाल लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भै कार्यरत रहेका छन् । विगत २८ वर्षदेखि निरन्तर कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भुमिकामा रहेका भट्टराईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई पनि उचाइमा पुर्याउने विश्वास दिलाएका छन् ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सको एकीकृत कारोबार यही असार २९ गते हुने भएको छ । दुबै कम्पनी बीचमा २०७९ आषाढ ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेष्ठ ३ गते अन्तिम सहमति भएको थियो ।

दुबै सम्झौतामा महालक्ष्मी लाईफका प्रभुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई मर्जर पछिको आगामी ४ वर्षको लागि एकिकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने सहमति भएको थियो । उक्त दुबै सहमतिलाई प्रभु र महालक्ष्मी लाईफको जेष्ठ २६ गते भएको वार्षिक साधारण सभाले अनुमोदन गरे पछि मात्र बीमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.