राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानी गर्दा ५ % छुट दिने

  २०८० असार ३ गते १३:०८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा ५% छुट दिने भएको छ ।

बैंकले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै मिति असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणिहरुलाई छुट दिने जनाएको छ ।

ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब), जतिसुकै अवधिको ओभरडिउ, नर्मल तथा पेनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा फिर्ता/जम्मा गरिनेछ । बैंक यो अवसरको लाभ लिन सम्बन्धित सम्पूर्ण ऋणिहरुलाई अनुरोध गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.