लक्ष्मी बैंकको विशेष साधारण सभा सम्पन्न, सनराइजसँगको मर्जर प्रस्ताव पारित

  २०८० असार ३ गते १३:०६     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकको विशेष साधारण सभाले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । आइतबार सम्पन्न भएको बैंकको विशेष सधारण सभामा सेयरधनीहरुले सनराइज बैंकसँग मर्जर जाने विशेष प्रस्ताव अनुमोदन गरेका हुन् ।

बैंकको सभाले लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ । साथै, मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात र अन्तिम सम्झौता पत्र पारित गरेको छ ।

ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुने, मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुने छ । लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको सीईओ बन्नेछन् । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.