वाई३६ स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा भिभो

  २०८० असार १ गते ११:३४     विकासन्युज

काठमाडौं  । भिभोको नयाँ स्मार्टफोन वाई३६ छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । डिजिटल कन्टेन्ट क्रिएटर र फेशनप्रति रुचि भएका व्यक्तिहरूको आवश्यकतालाई मध्यनजर गर्दै वाई३६ बनाइएको कम्पनीले जनाएको हो ।

वाई३६ मा स्लिक डिजाइन र सर्वोत्कृष्ट पर्फमेन्शको सही संयोजन रहेको कम्पनीको दाबी छ । यसमा फ्यान्सी फ्रेम र क्रिस्टल ग्लास रहेको छ भने गोल्डेन रिपल प्रोसेसले टेक्सचर थपेको छ ।

वाई३६ को आकर्षक डिजाइनले नै यसलाई अन्य स्मार्टफोन भन्दा अलग बनाउने कम्पनीले जनाएको छ । यो स्मार्टफोन दुई आकर्षक कलर भेरियन्ट –मेटिअर ब्ल्याक र भाइब्रेन्ट गोल्ड कलरमा उपलब्ध हुनेछ ।

रियूमरका अनुसार वाई३६ मा स्न्यापड्रेगन ६८० प्रोसेसर आउनेछ, यो स्मार्टफोनले प्रभावशाली गति र दक्षता प्रदान गर्ने अपेक्षा गरिएको छ । यति मात्र होइन, वाई३६ मा लामो समयसम्म टिक्ने ५०००एमएएच ब्याट्री पनि आउने बताइएको छ ।

साथै, द्रुत चार्जिङका लागि यसमा ४४वाट फ्ल्यासचार्ज टेक्नोलोजी पनि हुनेछ । वाई३६मा ५० एमी एचडी को प्रमुख क्यामेरा रहनेछ भने १६एमपी एचडी पोट्र्रेट क्यामेराका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.