व्यवसायीलाई बैंकरको प्रश्न, नाफा पनि बढी चाहियो, ब्याज पनि घटाउ भन्ने ?

  २०८० जेठ ३२ गते १७:२५     विकासन्युज

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले नाफा पनि बढी चाहियो भन्ने ब्याज पनि घटाउ भन्ने ? भनेर व्यवसायीलाई प्रश्न गरेका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् ।

उनले विकास बैंकले एलसी खोल्न पाउनु पर्ने माग गरे । उनले पछिल्लो समय कालोसूचीमा पर्ने चेकहरु बढ्दै गएको बताए ।

‘व्यवसायीले प्रतिफल बढी दिनु पर्यो भनेर प्रेसर दिने, अनि ब्याज पनि घटाउ भन्ने ? विकास बैंकले एलसी खोल्न पाउनु पर्छ, सेवा शुल्क लिन दिनु पर्छ,’ उनले भने, ‘स्प्रेडदर अब घटाउनु हुँदैन, बैंकको आरओई पनि घटिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.