सेयरधनीलाई प्रतिफल वितरण नगर्दासम्म गाडीको सुविधा लिँदैनौं, कम्पनीमा ब्रेकथ्रु गरेरै छाड्छौं

  २०८० जेठ ३२ गते ११:००     दिनेश उपाध्याय

राष्ट्रिय बीमा कम्पनीमा म मन्त्री परिषद्को निर्णयअनुसार अध्यक्ष भएर आएको लगभग ७ महिना मात्रै भयो । प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बराल सर पनि मभन्दा एक महिनाअघि मात्रै नियुक्त हुनुभएको थियो । अफिस आयौं । एक दुईवटा बैठक गर्यौं । म आउनु अघि दुई चार जना अध्यक्ष आउनु भएको थियो होला । तर मैले दुईतीन वटा बैठकपछि अनुभव के गरें भने कम्पनीमा धेरै लथालिंग रहेछ । वार्षिक साधारण सभा (एजीएम) त भएको थिएन, हुँदा हुँदा अध्यक्ष बस्ने टेबल पनि रहेनछ । सबैभन्दा पहिला मैले के सम्झिएँ भने म काम गर्न भनेर यहाँ आएको । त्यसैले कामको शुरुवात गर्न सानै भएपनि अध्यक्षको एउटा कोठाको व्यवस्था मिलाउन लगाए ।

त्यसपछि व्यवस्थापनका साथीहरुसँग छलफल भयो । सीईओसँग छलफल भयो । बोर्डका सदस्यहरुसँग छलफल भयो । नयाँ थिएँ । पहिलाको सिस्टमको बारेमा मलाई पनि त्यति थाहा थिएन । अहिले हाम्रा सञ्चालकज्यूहरु जुन जुन क्षेत्रबाट आउनु भएको छ, उहाँहरुको काम आएर सहि गर्ने मात्रै होइन । बोर्डको मेम्बर भएर उहाँहरुले फुल टाइम कम्पनीलाई दिईरहनु भएको छ । कम्पनीले हाल भएको बेथितिलाई न्यूनिकरण गर्न तथा कम्पनीलाई उचाईमा पुर्याउनको लागि उहाँहरु पूर्णरुपमा डेडिकेटेड हुनुहुन्छ । र, उहाँहरुलाई धन्यवाद पनि दिन चाहान्छु ।

सीईओ सर आउनासाथै हामीले सबैभन्दा पहिला व्यवस्थापन टीमसँग बस्यौं । कम्पनीलाई कसरी सुधारको बाटोतर्फ लैजाने भन्ने विषयमा छलफल भयो । विगतमा जे भयो भयो, अब एउटा न एउटा समितिले ब्रेकथ्रु त गर्नै पर्थ्यो । त्यसको लागि शुरुवात गर्ने क्रममा वार्षिक साधारण सभा गर्ने भन्ने निर्णय गर्यौं । निर्णय गर्दा हामीले संस्थागत रुपबाट विभिन्न उपसमितिहरु बनायौं । एजीएमको लागि तयारी समिति नै बनायौं । उक्त समितिले पूर्वकर्मचारी साथीहरु लगायत सेयर सदस्यहरुसँग विभिन्न विषयमा छलफल गर्यौं । र, म यो एजीएममार्फत के विश्वास दिलाउन चाहान्छु भने अब सेयर सदस्य, सञ्चालक समिति र व्यवस्थापन टीम प्रत्येक दुई दुई महिनामा बैठक बसेर पुँजी वृद्धिको योजनादेखि लिएर बीमा कम्पनीलाई उकास्नको लागि आवश्यक सरसल्लाह, आपसी समझदारी लगायत आपसी एकतासँगै सहकार्य गर्नेछौं ।

राष्ट्रिय बीमा कम्पनी अहिले हरेक विषयमा संस्थागत रुपमा निर्णय लिएर अगाडि बढी रहेको छ । हामीले जग्गाको बारेमा पनि त्यो जग्गासँग सम्बन्धित मन्त्रालयदेखि लिएर सम्बन्धित कार्यालय (मालपोत कार्यालय, खाद्य संस्था, मन्त्रालय) सम्मको लागि हामीले हाम्रो नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुवास कोइरालाज्यूको संयोजकत्वमा समिति गठन गरेका छौं ।

बोर्डको बैठक बस्दा पुराना धेरै सेवा सुविधाहरु थिए । जसमा गाडि किन्नेदेखि लिएर धेरै विषयहरु छन् । तर हामीले जबसम्म सेयर सदस्यहरुलाई विश्वास दिलाउन सक्दैनौं तबसम्म सबै सेवा सुविधाहरु नलिने भन्ने नयाँ निर्णय गर्यौं । किनभने उहाँहरुले अहिलेसम्म प्रतिफल पाउनु भएको छैन, त्यसैले उहाँहरुमा विश्वास नदिलाई हामीले गाडि लगायतका विभिन्न अनावश्यक सेवा सुविधाहरु लिनुहुन्न भनेर रोकेर राखेका छौं । हामीले त्यो सेवा सुविधा लिएर पछि सेयरधनीलाई केही दिन सकेनौं भने हामी कम्पनीमा आएको अर्थ हुने छैन । हामी कम्पनीमा केही कमाउन, केही खान भनेर आएका होइनौं । केही गरौं भनेर आएका हौं । गरेरै छोड्छौं पनि । त्यो विश्वास हामीले सेयरधनीलाई दिलाउन चाहन्छौं ।

अफिशको मोडलनै व्यवस्थित हुन नसकेपछि सबैतिर लथालिङ्ग हुने रहेछ । तर अहिले जहाँसम्म लाग्छ राष्ट्रिय बीमा कम्पनीको कर्मचारीहरु सबै पूर्णरुपमा सक्षम छन् । पहिले के थियो थाहाँ छैन । र, सबै कर्मचारीहरु सर्पोटिभ हुनुहुन्छ ।

सार्वजनिक भएको वित्तीय विवरणहरुमा कतिपय त्रुटीहरु भेटिएका छन् । कतिपय फाइलहरु हराएका थिए । धेरै विषयहरु नमिलेका थिए होलान् । अब त्यतातिर नजाऔं । हामीले अकाउन्ट मिलाउनको लागि मैले र सीईओ सर लगायत साथीहरु बसेर दुई जना चार्टर्ड अकाउन्टेन्टलाई करारमा नियुक्त गर्यौं । अब आउने एजीएममा कर्मचारी थप्छौं । अहिले भएका कर्मचारीहरुले पनि ओटीको सेवा सुविधामा काम गर्न सक्नुहुनेछ । त्यसमा रोकतोक हुँदैन । तर नतिजामा तलमाथि हुनु भएन ।

म अध्यक्ष भएर आईसकेपछि हामी नेपाल बीमा प्राधिकरणमा गएका थियौं । त्यसपछि महालेखा परीक्षण कार्यालयमा पनि गएका थियौं । त्यो अवस्थामा मैले के अनुभव गरेँ भने उहाँहरुले बीमा कम्पनीलाई हेर्ने नजर नै अर्कै रहेछ । यति अपमानित किन भइयो भनेर विचार गर्दा कम्पनीले काम नै गरेको रहेनछ । अब आजको सभाले विभिन्न बुँदाहरु पास गरेर गइसकेपछि हामीले बीमा प्राधिकरण, हामीले महालेखामा, हामीले अर्थमन्त्रालयमा र हामीले पर्यो भने प्रधानमन्त्री कार्यालयमा नै यी यी कामहरु गरेर आएका छौं भनेर भन्न सक्छौं । र, सेयरधनीलाई लाभांश वितरण गर्नको लागि सक्दो प्रयास गर्छौं । त्यसैले सेयरधनीहरुलाई के भन्न चाहन्छु भने हामी तपाईंहरुसँग छौं । के के गर्नुपर्छ अब हुने दुई दुई महिनाको बैठकमा सल्लाह सुझाव दिनुहोला । हामीबीच एक आपसमा छलफल भइरहनु पर्यो । जसले काम गर्नमा सहज बनाउँछ । तपाईंहरुले जुन किसिमको पारदर्शिता तथा सुशासन भन्नु हुन्छ, त्यो एकदम पाउनु हुनेछ । किनभने हामी नयाँ ढंगबाट कम्पनीमा आएका छौं । हामीले सबैभन्दा पहिला इमान्दारिता र कम्पनीको सुशासनमा चल्नुपर्छ ।

(राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष उपाध्यायले कम्पनीको वार्षिक साधारणसभा राखेका मन्तव्यको सम्पादित अंश)

One comment on "सेयरधनीलाई प्रतिफल वितरण नगर्दासम्म गाडीको सुविधा लिँदैनौं, कम्पनीमा ब्रेकथ्रु गरेरै छाड्छौं"

  • KSUKO says:

    Chairman has provisioned for a single room for himself means he is going interfere on daily administrations unknowingly. Hence, be aware of such provision. This is mal practice.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.