नेपाली बजारमा ‘जीहो एई-८’ ईभी स्कुटर सार्वजनिक, कति पर्छ मूल्य ?

  २०८० जेठ १८ गते १८:२५     विकासन्युज

काठमाडौं । नेपाली बजारमा जीहो एई-८ इलेक्ट्रिक स्कुटर (ईभी) सार्वजनिक भएको छ । द रिलायन्स ग्रुप अफ नेपालले ऋषि ट्रेड सेन्टरसँगकाे संयाेजकतामा बिहीबार एक कार्यक्रम गर्दै उक्त स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै चाइनिज ब्रान्डको जीहो ईभी स्कुटर नेपाल भित्र्याएको हो । उक्त स्कुटर सेतो र कालो रंगमा उपलब्ध रहेकाे छ ।

नयाँ प्रविधि र आकर्षक डिजाइन रहेको यस स्कुटरमा नेपाली बाटोको लागि सुहाउँदो रहेको द रिलायन्स ग्रुप अफ नेपाल प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुशल श्रेष्ठले बताए । श्रेष्ठले सो स्कुटरमा आकर्षक विशेषता तथा सुविधाहरू उपलब्ध भएको बताउँदै एई-८ ले १२० देखि १४० किलोमिटर रेन्ज दिन पनि बताए ।

नेपालमा बिक्री हुने स्कुटर मध्ये जीहो उत्कृष्ट विद्युतीय स्कुटर बन्ने कम्पनीको दावी छ । स्कुटरमा ५ किलोवाटको मिड-माउन्टेड लिक्विड-कूल्ड मोटर छ भने २.५ किलोवाटको पीक पावर र २१८ एनएमको पीक टर्क रहेकाे छ ।

प्रतिघण्टा १०० किलोमिटरको गति दिने यस स्कुटरमा ६९ भोल्ट/३२ एम्पियर आवर क्षमता रहेको छ । कम्पनीका अनुसार स्कुटरमा दुई वटा ब्याट्री जडान भएको छ ।

स्कुटरको ब्याट्री करिब ४ घण्टामा फुल चार्ज गर्न सकिने पनि कम्पनीले बताएको छ ।  स्कुटरको अगाडि डुअल डिस्क ९ब्रेम्बो क्यालिपर० १००/८०-१२ र पछाडि १२०/७०-१२ ट्युबलेस टायर छन् ।

स्कुटरको ग्राउन्ड क्लियरेन्स १४५ मिलिमिटर छ । कम्पनी जीहोको मूल्य नेपाली बजारमा ४ लाख ९९ हजार रुपैयाँ ताेकिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.