खुम्चियो आर्थिक वृद्धिदर, २.१६ प्रतिशत हुने प्रक्षेपण

  २०८० जेठ १४ गते १५:०४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने बताएका छन् ।

सांसदको दुवै सदनलाई आईतबार सम्बोधन गर्दै उनले विश्व आर्थिक मन्दीका कारण यस वर्ष नेपालको अर्थतन्त्र समेत प्रभावित भएको र आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने देखिएको बताएका हुन् ।

आइतबार संघीय संसद्मा आर्थिक सर्वेक्षण, २०७९/८० को प्रतिवेदन सार्वजनिक गर्दै उनले वस्तु आयातमा भएको सङ्कुचन र समग्र मागमा आएको सुस्तताले स्रोतमा समेत सङ्कुचन आई वित्तीय व्यवस्थापनमा समस्या आएको बताए ।

विश्व बजारमा पेट्रोलियम पदार्थ तथा खाद्यान्नमा भएको मूल्य वृद्धिका कारण समग्र आयातसँगै वस्तुको मूल्यमा दबाब परेको समेत अर्थमन्त्री डा.महतले बताए ।

विगतमा विदेशी मुद्राको सञ्चिति जोगाउन गरिएको आयातको कडाइ, रेमिट्यान्स सुधार र अन्य पक्षहरूले अर्थतन्त्रको बाह्य क्षेत्र समेत सुधारात्मक रहेको उनले बताए । पर्यटन क्षेत्रको सुधारले हौसला प्रदान गरेको समेत अर्थमन्त्री डा. महतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.