२५ सार्वजनिक संस्थान नाफामा हुँदा १७ घाटामा, सरकारलाई सवा ६ अर्ब लाभांश

  २०८० जेठ १४ गते १४:५४     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा संस्थान नाफा रहेको बताइएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९/८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै २५ वटा संस्थान नाफामा र १७ वटा संस्थान घाटामा रहेको बताएका छन् ।

उनले सरकारले लगानी गरेको निकायबाट सवा ६ अर्ब लाभांश प्राप्त भएको पनि बताएका छन् । उनले सञ्चालन गर्न आवश्यक नठानेको संस्थानहरुलाई थप पूँजी र प्रविधि भित्र्याएर निजीकरण गर्ने गरी सरकारले अध्ययन गरिरहेको पनि बताएका छन् ।

सरकारको संस्थनहरुमा असारसम्म ६ खर्ब १८ अर्ब पुगेको छ ।सार्वजनिक संस्थानको संचालन आय ३६.२ प्रतिशतले वृद्धि भएर ५ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो समय सार्वजनिक संस्थान तथा बोर्डहरु खारेजी तथा मर्जरको पनि चर्चा छ । सोमबार प्रस्तुत हुने बजेटमार्फत् सो विषय उल्लेख हुने सम्भावना पनि छ ।

प्रशासनिक खर्च घटाउन दुई दर्जन संस्थान तथा बोर्ड मर्जर तथा खारेजीको प्रक्रियामा लैजाने तयारी गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.