बुवा केयर र नेपाल ल्याब हाउसबीच सम्झौता

  २०८० जेठ १० गते १४:३४     विकासन्युज

काठमाडौं । बुबा केयर र नेपाल ल्याब हाउसबीच हाउस सम्झौता भएको हो । बुवा केयरले सदस्यको गुणस्तरीय स्वास्थ्य चेकअप गर्नको लागी ‘कु’ वर्गको नेपाल ल्याव हाउससँग औपचारिकरुपमा सहमति गरेको हो ।

उक्त केयरले नँया वर्षको शूरुवात सँगै वैशाख १ गते देखि औपचारिक रुपमा आफ्नो सेवा शुरुवात गरेको हो । साथै, नेपाल ल्याबले अत्याधुनिक प्रविधिबाट गुणस्तरिय प्याथलोजिकल जाँच सेवा दिदै आइरहेको छ । त्यस्तै, सदस्यहरुको स्वास्थ्य, मनोरञ्जन तथा गुणस्तरिय जिवनयापनमा सहयोग गर्ने गरी आफ्ना विविध प्रकारका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

उक्त सहमति अनुसार वुवा केयरका सदस्यहरुको सम्पुर्ण प्याथलोजिकल चेकअप नेपाल ल्यावमा विशेष सहलियतमा जाँच गरिनेछ । साथै, बुवा केयरले निशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि नेपाल ल्याव हाउसले बुवा केयरलाई सहयोग गर्नेछ । कार्यक्रममा बुवा केयरका तर्फबाट अध्यक्ष डा.अनाम प्याकुरले तथा नेपाल ल्यावका तर्फबाट डा.विदुर अ‍ोस्थीले हस्ताक्षर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.