भारतमा २ हजारको नोट बन्द, नेपाललाई असर पर्ला ?

  २०८० जेठ ५ गते २०:२०     विकासन्युज

काठमाडौं । भारतमा दुई हजारको नोट बन्द गरिएको छ । भारतको केन्द्रीय बैंकले शुक्रबार २ हजारका नोटबन्द गर्ने निर्णय गरेको हो । भारतीय सञ्चार माध्यममा दुई हजारको भारु नोट बन्द गर्ने निर्णय गरेको समाचार आइरहेको छ ।

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो । त्यसपछि दुई सय, पाँच सय र २ हजारका नयाँ नोट बजारमा ल्याइएको थियो ।

रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको छ ।
२ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ । नेपालमा ५ सय, एक हजार र दुई हजार भारु नोट प्रतिबन्ध छ । अर्थात् नेपालमा दुई हजार भारु नोट चल्दैनन् ।

तर, अनौपचारिक बजारमा अर्थात् गैर कानुनी रुपमा भारु नोट चलनचल्तीमा छन् । यसले नेपाली बजार पनि प्रभावित हुने देखिएको छ । सन् २०१६ मा भारतले १ हजार ५ सयका नोट प्रतिबन्ध लगाउँदा नेपालाई ठूलो असर परेको थियो ।

One comment on "भारतमा २ हजारको नोट बन्द, नेपाललाई असर पर्ला ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.