मर्जपछि बनेको सानिमा रिलायन्स लाइफको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

  २०८० जेठ ४ गते १६:०४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच मर्जरपश्चात् कायम भएको सेयर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको हो ।

साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एक आपसमा १ः१ को अनुपामा मर्ज भएपश्चात् कायम हुन आएको ४ करोड १८ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का राखेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको जनाएको छ ।

नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर लगानीकर्ताले अब आइतबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाउने छन् । सो दिन पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता ३९१.८८ रुपैयाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.