नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

  २०८० जेठ ४ गते ७:२४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार फरवार्ड लघुवित्त र र नेपाल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

फरवार्ड लघुवित्तको २५ प्रतिशत बोनस वापतको २१ लाख ११ हजार १२७.४६९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, नेपाल बैंकको २ प्रतिशत बोनस वापतको २८ लाख ८१ हजार १८०.९६६३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.