ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

  २०८० जेठ ३ गते १८:५४     विकासन्युज

काठमाडाैं । ज्योति क्यापिटलकाे अध्यक्षमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) कपिल ढकाल चयन भएका छन् ।

बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल जेठ ३ गतेदेखि लागु हुनेगरी क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् ।

प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका श्री कपिल ढकालसंग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ ।

यसका साथै, उनले एनआईसी एसिया क्यापिटल तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रुपमा कार्यरत थिए ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । यस क्यापिटलले चालु आ.व.२०७९/८० को तेस्रो त्रैमाससम्म एक करोड २४ लाख ७१ हजार ३ सय ९ रुपैया मुनाफा गरेको छ ।

क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.