बीमा प्राधिकरणले घटाएर पठायो प्रभु लाइफको लाभांश

  २०८० जेठ ३ गते ११:३८     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु लाइफको २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेर पठाएको छ । प्राधिकरणले बैशाख २९ गते इन्स्योरेन्सको लाभांश संशोधन गरेर पठाएको हो।

इन्स्योरेन्सले यसअघि हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत  बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरणमा पठाएको थियो ।

कम्पनीले लाभांश संशोधन गरी ९.८ प्रतिशतको दरले बोनस सेयर र ०.५८ प्रतिशत नगद लाभांश गरी कुल १०।३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीले आगामी साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.