नेपाल कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबीच सम्झौता

  २०८० जेठ १ गते १२:४७     विकासन्युज

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबीच बिमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता अनुसार नेपाल कृषि सहकारी केन्द्रीय संघको सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाका विपन्न तथा साना किसान सदस्यलाई म्यादी जीवन बीमा सेवा प्रदान गर्ने योजना रहेको छ ।

उक्त म्यादी बीमा एक प्रकारको लागत प्रभावी जीवन बीमा योजना हो । यस योजना अन्तर्गत बीमीतको मुत्य भएमा बीमाकं बरावर रकम प्रदान गरिने छ ।

उक्त संघले ग्रामीण गरिबी न्यूनिकरण र समावेशीकरणका लागि आफनो सदस्यको क्षमता वृद्धि गरि असल अभ्यासका साथ सामाजिक पुँजिको विकास गर्न उत्पे्ररणा गर्ने नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको कम्पनीले जनाएको छ ।

संघले विविध कार्यक्रम मार्फत आफनो सदस्य संस्थालाई कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्छ । त्यस्तै, व्यवसायिक योजना तथा रणनीतिक योजना बनाउन सहयोग पुयाई गैर वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

हाल संघबाट नेपालको ७७ जिल्लामा १२०० भन्दा बढी संस्थाहरुमा आवद्ध १२ लाख भन्दा बढी साना किसान परिवारहरूले सेवा लिई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.