प्रभु लाइफ इन्स्योरेन्सले गर्यो प्राण घातक रोग विरुद्धको १० लाख रकम दाबी भुक्तानी

  २०८० वैशाख २८ गते १६:५२     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्राण घातक रोग विरुद्वको १० लाख रुपैयाँ रकम बीमित रन्जु गौचनको घरमै गएर दाबी भुक्तानी गरेको छ ।

कम्पनीको शाखा कार्यालय गोंगबुबाट दुई वर्ष अगाडि ३० लाख रुपैयाँ बीमाङ्कको बीमा गरेकी बीमित रन्जु गौचनलाई करिब केही समय अगाडि क्यान्सर रोग पहिचान भएको हो ।

बीमा पोलिसी खरिद गर्दा निज बीमत गौचनले प्राण घातक रोगहरुविरुद्घको १० लाख रुपैयाँ रकम बराबरको औषधोपचार खर्च पाउने गरी बीमा गरेकी थिइन् ।

बीमतले घातक रोग विरुद्वको सुविधा पाउँ भनी सम्पूर्ण कागजात पेश गरेको दुई दिनमै उक्त दाबी रकम प्रभु लाइफले भुक्तानी गरेको हो ।

कम्पनीको शाखा कार्यालय गोंगबुले एक औपचारिक कार्यक्रमको आयोजना गरी बागमती प्रदेश ए प्रमुख श्री पदम राना, गोंगबु शाखा प्रमुख खेमराज खनाल, वरिष्ठ एजेन्सी मेनेजर नविन शेरचन , जीवन भट्टचन लागाएतको उपस्थीतिमा उक्त दाबी रकम बीमित रन्जु गौचनको घरमै पुगेर हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बीमित गौचनले ‘प्रभु लाइफ इन्स्योरेन्सले बीमितलाई सहज र सरल तरिकाले दुई दिनमै दाबी भुक्तानी दिएकोमा आफ्नो क्यान्सर रोगको उपचारको लागि १० लाख रुपैयाँ रकमले धेरै सहयोग गरेको भन्दै मध्यम वर्गीय सबै नेपालीले अनिवार्य रुपममा आर्थिक जोखिम कम गर्नको लागि बीमा गर्नुपर्ने’ बताए ।

त्यस्तै प्रभु लाइफका बागमति प्रदेश प्रमुख पदम रानाले ‘बीमा कम्पनीको प्रमुख दायित्व भनेकै जोखिम बहन रहेको र हरेक बीमितको आर्थिक जोखिमको दाबी भुक्तानीलाई प्राथमिकतामा राखि समयमै दिनु प्रभु लाइफ इन्स्योरेन्सको उद्देश्य रहेको’ बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.