कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गरिने

  २०८० वैशाख २१ गते १७:३७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गर्ने भएकाे छ ।

महानगरले नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँलाई निलम्बन गर्ने भएकाे हाे ।

बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बल कार्यालयमा प्रहरी पोसाकमा तास खेलिरहेको तस्बिर सार्वजनिक भएपछि उनीहरूकाे निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.