निजामती कर्मचारीसँग वार्ता गर्न सरकारले बनायो उपप्रधानमन्त्रीको नेतृत्वमा समिति

  २०८० वैशाख २१ गते १३:२३     विकासन्युज

काठमाडौं । सरकारले निजामती कर्मचारीका माग सम्बोधन गर्न वार्ता समिति गठन गरेको छ ।

मन्त्रिपरिषदको बुधबारको बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेको हो ।

निजामती कर्मचारी संगठनले भने बिहीबार (आज) सिंहदरबार अगाडि धर्ना कार्यक्रम गरेको थियो । संघीय निजामति सेवा ऐन तत्काल ल्याउनुपर्ने र ऐनमा निजामती कर्मचारीका माग सम्बोधन हुनुपर्ने माग उनीहरूको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.