ग्लासियर कलेजले हिमालयन बैंकको ऋण तिरेन, धितो बेचेर असुल नभएपछि मुद्धा हाल्ने

  २०८० वैशाख १९ गते १४:०४     विकासन्युज

काठमाडौं । ग्लासियर इन्टरनेशन स्कुल एण्ड कलेजले हिमालयन बैंकको ऋण तिर्न नमानेपछि हिमालयन बैंकको कालोसूचीमा परेको छ । बैंकको बत्तिसपुतली शाखा कार्यालयबाट एक वर्षअघि लिएको कर्जा चुक्ता गर्न ग्लासियर इन्टरनेशन स्कुल एण्ड कलेजलाई पटकपटक ताकेता गर्दा पनि भुक्तानी नगरेपछि कालोसूचीमा राखेर धितो लिलाम गर्ने भएको छ ।

बैंक स्रोतका अनुसार ग्लासियर इन्टरनेशन स्कुल एण्ड कलेजको नाममा एकवर्ष अघि ३८ लाख रुपैयाँ बराबरको कर्जा लिइएको थियो । बैंकले कलेजलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना पनि जारी गरेको थियो । तर, चुक्ता गर्न नमानेपछि सवारी साधन जफत गरी लिलाम गर्ने र कालोसूचीमा राख्ने बताएको हो ।

‘ग्लासियर इन्टरनेशन स्कुल एण्ड कलेज कालोसूचीमा परेको ग्राहक हो, कर्जा चुक्ता गर्न नसकेर हामीले सवारी राखेका छौं,’ बैंक स्रोतले भन्यो, ‘३५ दिने सूचना निकाल्यौं, उहाँहरुसँग बारम्बार भेटेर कुराकानी पनि गर्याैं तर, उहाँहरुले चुक्ता गर्न नमानेपछि सवारी साधन लिलामीमा राखेको हो ।’

ग्राहकले बैंकको ऋण नतिरेपछि कालोसूचीमा राख्ने तयारी रहेको बैंकले जनाएको छ । यदि सवारी साधन बिक्री गरेर कर्जा असुल भएन भने ऋण असुली न्यायाधिकरण मुद्धा दर्ता गरेर भएपनि कर्जा असुली गर्ने बैंकले बताएको छ ।

बैंकको बत्तिसपुतली शाखा कार्यालयबाट ऋणी ग्लासियर इन्टरनेशनल स्कुल एण्ड कलेज प्रालिका सञ्चालक तथा जमानीकर्ता दिवश शाक्य, दिलिप कुमार बिष्ट, रेगन प्रसाई र जानकी शरण यादवले कर्जा लिएका हुन् । कर्जा चुक्ता गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा ग्लासियर इन्टरनेशनल स्कुल एण्ड कलेज प्रालिको नाममा दर्ता कायम बाग्मती प्रदेश ०१-०२५ च ३११८ नम्बरको निशान म्याग्नाइट नीजि कार बिक्रीमा राखिएको हो । सो सवारीको मूल्य नेपालमा ३० लाखदेखि ४० लाख रुपैयाँसम्म पर्न जान्छ ।

बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले बैशाख २५ गतेभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.