गणेशखोलाको पुल भासिदा पृथ्वी राजमार्ग अवरूद्ध

  २०८० वैशाख १८ गते १७:४९     विकासन्युज

काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका ६ धार्के स्थित गणेश खोलामा रहेको पुल भासिदा सवारी आवागमनमा प्रभावित भएको छ ।

धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलमा भ्वाङ परेको हो।

पृथ्वी राजमार्ग भएर चल्ने दुबै तिरको सवारी साधन यतिबेला रोकिएका छन् । पुल मर्मतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.