सरकारलाई दोष दिँदै भाग्ने हैन, आएर सहयोग गर्नुस : उद्योगमन्त्री

  २०८० वैशाख १७ गते १६:४३     विकासन्युज

काठमाडौं । उधोग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले उधोग क्षेत्रमा संकट आउन नदिन उधोगीहरुको सहयोगको आवश्यकता रहेको बताएका छन् । आईतबार मन्त्रालयमा मन्त्री रिजालले बैंक तथा वित्तिय संस्था परिसंघको टोलीलाई भेट्दै यस्ता बताएका हुन् ।

मन्त्री रिजालले उधोग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट उधोग क्षेत्रलाई बचाउका लागि सरकारलाई उधोगीहरुको साथ र सहयोगको आवश्यकता रहने बताए । ‘सरकारलाई दोष दिदै भाग्ने हैन, आएर सहयोग गर्नुस,’ उनले भने ।

भेटका क्रममा मन्त्री रिजाललाई परीसंघ टोलिले उधोग क्षेत्रमा रहेको विभिन्न समस्याको बारेमा जानकारी गराएका थिए ।

यस्तै, बैंकिङ जस्ता क्षेत्रमा धेरै पैसा लक भएको भन्दै परिसंघ टोलिले मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरीदिन आग्रह गरेको छ । परिसंघले  उक्त रकम उधोग क्षेत्रमा भित्र्याउनु पर्नेमा बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.