स्कूलहरुले नाम र लोगो फेर्नुपर्ने, ३३ प्रतिशत विद्यार्थी विदेशी भए मात्र इन्टरनेशनल स्कूल

  २०८० वैशाख १७ गते ८:५७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदाको नामबाट विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्थ गरेको छ । महानगरपालिकाले विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ संशोधन गरी यस्तो व्यवस्थ लागू गरेको हो ।

विद्यालयको नाम र चिन्हमा एकरुपता ल्याउन महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ संशोधन गरेको बताएको छ । नियम ६९ मा विद्यालयको चिन्ह षट्कोणको रहने व्यवस्था गरेको छ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्ने बताइएको छ ।

यस्तै, नियम ७० मा विद्यालयको नामाकरण सम्बन्धि व्यवस्था गररेको छ । सो नियमको उपनियम १ मा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्नेछ ।

तर यो नियम प्रारम्भ हुनुभन्दा अगाबै यस नियम विपरीत नामाकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनःनामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो ।

उपनियम २ मा कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रबृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ । कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शव्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने र विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शव्द जोडिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

तर, यो उपनियम लागू हुनु अगाबै यस नियम विपरीतका शव्दहरू जोडेर नामाकरण भै सकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिकसत्रको सुरु देखिनै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नुपर्नेछ ।

यी नियमको पालना गर्दै विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन महानगरले आग्रह गरेको छ । यदि नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.