साना किसान विकास लघुवित्त र नेपाल कृषि सहकारीले पाए अन्तर्राष्ट्रिय अवार्ड

  २०८० वैशाख १४ गते १४:४१     विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल कृषि सहकारी संघ केन्द्रीय लिमिटेडले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । दुवै संस्थाहरुले आफ्नो उद्देश्य अन्तर्गतको क्षेत्रमा सफलतापूर्वक कार्यसम्पादन गरेवापत उक्त अवार्ड प्राप्त गरेका हुन् ।

अर्थमन्त्रालय र एसियाली विकास बैंक (एडिबि) ले यही वैशाख ८ गते संयुक्त रुपमा आयोजना गरेको कन्ट्री पोर्टफोलियो रिभ्यु मिटिङबाट साना किसान विकास लघुवित्त वित्तीय संस्थाले कार्यान्वयन गरेको ग्रामिण उद्यम कर्जाले बेस्ट म्यानेजमेन्ट अवार्ड प्राप्त गरेको हो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत कार्यक्रम कार्यान्वयन गर्ने गरी नेपाल सरकार र एसियाली विकास बैंकबीच डिसेम्बर १०, २०१९ मा ग्रामिण उद्यम लगानी परियोजनामा सम्झौता भएको थियो ।

उक्त परियोजनाले नेपालका मझौला तथा साना किसान उद्यमीको सुलभ कर्जामा सहज पहुँच सुनिश्चित गरी कृषि उद्यमको विकासको प्रभावकारी परिणाम दिएको जनाइएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई सञ्चालन गरिएको उक्त कार्यक्रमबाट अहिलेसम्म नौ सय ३० वटा व्यक्तिगत र ३० वटा सामूहिक परियोजनाहरुमा दुई अर्ब ३० करोड रकम लगानी भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले जनाएका छन् ।

त्यस्तै, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले सहकारी संस्थाको क्षमता विकास, सुशासन र संस्थागत विकासका साथै साना किसानहरुको कृषि र आर्थिक मुद्दाहरुलाई सम्बोधन तथा वकालत गर्दै कृषि क्षेत्रमा योगदात गरेबापत एफएओ एवार्ड फर पार्टनरसिप २०२३ प्राप्त गरेको छ ।

यहि अप्रिल २४ मा इटलीको रोममा भएको अन्तर्राष्ट्रिय समारोहकाबीच संघलाई फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) अफ युनाइटेड नेसनले संघलाई उक्त एवार्ड प्रदान गरेको हो ।

एफएओले अवार्डको निमिक्त आह्वान गरेको प्रतिस्पर्धामा नेपाल लगायत विश्वभरीका संस्थाले गरेको नोमिनेसनमा नेपालले प्रथम एवार्ड प्राप्त गरेको हो भने दोस्रो अवार्ड लेबनानको संस्थाले प्राप्त गरेको छ ।

अवार्ड प्राप्त गरेको विषय जानकारी गराउन बिहीबार काठमाडौंमा आयोजना गरिएको संयुक्त कार्यक्रममा नेपाल कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठक र साना किसान विकास लघुवित्त वित्तीय संस्था संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालाले संस्थालाई थप जिम्मेवारी प्राप्त भएको अनुभव भएको विचार व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.