निक्षेप दाबी गर्न क्रिष्टल फाइनान्सको आह्वान

  २०८० वैशाख १० गते ७:४३     विकासन्युज

काठमाडौं । क्रिष्टल फाइनान्सले निक्षेप दाबी गर्न आह्वान गरेको छ । कम्पनी खारेज प्रक्रियामा रहेकाले फाइनान्समा जम्मा गरिएको निक्षेप दाबी गर्न कम्पनीले आग्रह गरेको हो ।

खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्समा निक्षेप खाता रहेका व्यक्ति, संघ तथा संस्थाहरुले १५ दिन आफ्नो लिन बाँकी निक्षेप भुक्तानी दावी पेश गर्न कम्पनीले अनुरोध गरेको हो ।

निक्षेप दाबी गर्दा निक्षेपकर्ताको खातामा रहेको नाम, निक्षेप रकम, निक्षेपकर्ताको दस्तखत (खाता खोल्दा वखतको), नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, कम्पनी, संघ तथा संस्थाहरुको हकमा दर्ता तथा प्यान प्रमाण पत्रको प्रतिलिपी र नेपाल राष्ट्र बैंकको ग्राहक पहिचान कार्यविधी बमोजिमको अन्य आवश्यक कागजातहरु र फोटो पनि पेश गर्नुपर्ने बताएको छ ।

पुनरावेदन अदालत, पाटनले वि.सं. २०७२ कात्तिक २० गतेको फैसला र वि.सं. २०७७ पुस १२ गतेको आदेशानुसार दामासाही सम्बन्धी ऐन, २०६३ को दफा ३७ (१) बमोजिम लिक्विडेटर नियुक्ति भई क्रिष्टल फाइनान्स खारेजीको प्रक्रियामा छ । दामासाही सम्बन्धी ऐन, २०६३ को दफा २२ को उपदफा (१) को खण्ड (ख) बमोजिम कम्पनीलाई ऋण प्रदान गर्ने सम्पूर्ण साहुहरुलाई १५ दिनभित्र आफनो ऋण दाबी पेश गर्न यस अघिनै सूचना जारी गरिसकेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.