विश्वमै उत्कृष्ट फिनल्यान्डको शिक्षा प्रणाली, नेपालले के सिक्न सक्छ ?

  २०८० वैशाख १० गते १७:४४     विकासन्युज

काठमाडौं । फिनल्यान्डको शिक्षा प्रणालीलाई विश्वकै उत्कृष्ट शिक्षा प्रणालीको रुपमा मानिन्छ । विश्वका सबै मुलुकमा सो देशको शिक्षा प्रणालीको विषयमा निकै चर्चा हुने गर्दछ । साँच्चीकै फिनल्यान्डको शिक्षा प्रणाली अनुकरणीय र अद्वितीय रहेको छ, जसलाई मानिसहरुले अनौठो रुपमा समेत लिने गर्दछन् । शिक्षा प्रणालीमा सँधैजसो नयाँ अन्वेषण र बालबालिकालाई बिना बोझ सिकाउने विधिको प्रयोग गर्ने गरिन्छ ।

बालबालिकालाई वैज्ञानिक तरिकाले पढाउने कुरामा जोड दिइन्छ । उनीहरुको योग्यता र क्षमता र योग्यतालाई अंकको आधारमा मापन गरेर श्रेणी कायम गर्ने प्रचलन फिनल्यान्डको शिक्षा प्रणालीमा छैन, यो मात्रै नभएर विद्यार्थीको तुलनात्मक क्षमताको विषयमा चर्चा समेत गरिँदैन ।

फिनल्यान्डमा शिक्षक पेशालाई सबैभन्दा सम्मानित पेशाको रुपमा मानिन्छ । यहाँ शिक्षकको हैसियत अन्य पेशा वा व्यवसाय भन्दा माथि छ । यहाँ शिक्षक बन्नको लागि कम्तिमा स्नातकोत्तर तह उत्तिर्ण गरेर उच्च स्तरको शिक्षक तालिम समेत लिनुपर्ने हुन्छ । विद्यार्थीलाई हेरचाह गर्नेले पनि कम्तिमा स्नातकोत्तर अध्ययन गरेको हुनुपर्छ । फिनल्यान्डको शिक्षक तालिम प्रतिष्ठान पनि विश्वस्तरमा नै प्रतिष्ठित रहेको छ ।

एक योग्य शिक्षक बन्नको लागि विद्यार्थीहरुले विश्वविद्यालय पढ्दा देखि नै शिक्षक प्रशिक्षण स्कुलहरुमा काम गर्न शुरु गर्नुपर्छ । सो अवधिमा उनीहरुलाई विशेषगरी बालबालिकामा सिक्ने जिज्ञासा जगाउने तरिकाको बारेमा सिकाइन्छ । अन्य मुलुकहरुमा शिक्षकलाई तालिम दिँदा पहिला उसैलाई सिकाउने काम गरिन्छ र विद्यालयमा लागु गरिन्छ तर, फिनल्यान्डमा भने त्यसको उल्टो अभ्यास गर्ने गरिन्छ ।

यहाँको गाउँ र सहरको विद्यालय र शिक्षकको गुणस्तरमा कुनै भिन्नता रहेको छैन । यहाँका सबै विद्यालयहरुको अवस्था राम्रो छ, जुन विश्वका अन्य मुलुकमा रहेको देखिँदैन । फिनल्यान्डका सबै बालबालिकालाई शिक्षाको समान अधिकार छ । बालबालिकाको अध्ययन पद्दती अनुसन्धानमा आधारित छ, शिक्षकहरुले कुनै निश्चित तोकिएको ढाँचामा अपनाउनुको सट्टा आफ्नै सोचले नयाँ तरिका अपनाउन पाउँछन् । तर, त्यो पनि विद्यार्थीकै सहमतिमा उसलाई सिकाइन्छ ।

शिक्षकहरुले प्रविधिको सहायतामा नयाँ–नयाँ विधिको आविस्कार गर्ने र विद्यार्थीहरुलाई रोचक तरिकाले पढाउने स्वतन्त्रता हुन्छ । यहाँ विद्यालयमा अध्ययनको लागि कुनै निश्चित सिमा तोकिएको हुँदैन । बालबालिकाले आफूले चाहेको बेलामा पढ्न, खेल्न र आराम गर्न सक्छन् । यो सबै सुविधा विद्यालयमा नै उपलब्ध हुन्छ । बालबालिकाले ४५ मिनेटदेखि एक घण्टा पढेपछि कम्तिमा १५ मिनेट विश्राम लिनुपर्छ । विद्यार्थीहरुलाई बस्नको लागि डेस्क बेञ्चको अनिवार्य व्यवस्था गरिएको छैन ।

राजनीतिक रुपमा दक्षिणपन्थी तथा बामपन्थीहरु र शिक्षाविदहरुसँगको छलफलपछि फिनल्यान्डले देशव्यापी रुपमा सन् १९७० को शुरुवातमा नै शुल्क तिर्ने स्कुल तथा संस्थाहरु बन्द गर्ने काम गरेको थियो ।

त्यसभन्दा अगाडि त्यहाँ धेरैजसो शैक्षिक संस्थाहरु निजी क्षेत्रबाट सञ्चालित थिए । त्यसपछाडि सबै शिक्षकहरुलाई सरकारी कार्यक्रममार्फत नै राम्रो तलब तथा सेवा सुविधा दिन शुरु गरियो । उनीहरुलाई उच्च सम्मान गर्ने, राम्रो तालिम प्रदान गर्ने र शिक्षण विधिमा स्वतन्त्र बन्ने अधिकार दिइयो ।

एउटा राम्रो पक्ष भनेको के हो भने आमाबाबु चाहे धनी होउन वा गरिव उनीहरुले आफ्ना छोराछोरी राम्रो स्कुलमा राम्रोसँग पढुन भन्ने चाहन्छन् । शिक्षाका लागि सम्पूर्ण खर्च सरकारले नै गर्न शुरु गर्यो, जुन प्रणालीलाई त्यहाँको समाजले पूर्ण रुपमा स्वीकार गरेको छ ।
५५ लाख भन्दा बढी जनसंख्या रहेको फिनल्यान्डको प्रणालीले पुँजीवाद र समाजवाद दुबैका राम्रा पक्षलाई अंगिकार गरेको छ । सरकारले कर लिन्छ र गरिव वा धनीलाई समान शिक्षा प्रदान गर्ने गर्दछ । सरकारले प्रणालीमाथि आक्रमण गर्दैन, शिक्षकहरु नै प्रणालीलाई प्रभावकारी बनाउन जिम्मेवार हुनेगर्दछन् । जसले गर्दा नै फिनल्यान्डको प्रणाली अत्याधिक सफल भएको मानिन्छ ।

बुल्गेरिया, सोफियाको ओपेन सोसाइटी इन्स्टिच्युटका अनुसार युरोपका ४१ वटा देशहरुमध्ये फिनल्यान्ड शैक्षिक क्षेत्रमा गलत सूचना जान्न सिकाउने शैक्षिक प्रणालीमा पाँचौपटकसम्म पहिलो स्थानमा रहँदै आएको छ । अधिकारीहरुहले फिनल्यान्डको शिक्षा विश्वमै उत्कृष्ट हुनुमा विद्यार्थीहरुलाई गलत सूचनाको बारेमा ज्ञान दिने कारण पनि मुख्य भएको बताउँछन् । जहाँ मिडिया साक्षरतालाई प्रारम्भिक स्कुल तहदेखि नै पाठ्यक्रममा शमावेश गरिएको छ ।

फिनल्यान्डमा चिकित्सा प्रणाली पनि निकै सफल छ । तीन प्रतिशत अस्पताल मात्रै निजी अस्पताल छन् भने १० प्रतिशत डाक्टर मात्रै निजी अस्पतालमा काम गर्छन । तर, निजी अस्पतालमा काम गर्ने चिकित्सको सेवा सुविधा पनि सरकारी सरह नै रहेको छ ।

अति गरिव विमारीले आफ्नो क्षमताअनुसार मात्रै उपचारको लागि पैसा तिरे पुग्छ भने पैसा भएका विमारीले पनि कम पैसा तिरे पुग्छ । यस्तो देखिन्छ कि चिकित्सा प्रणाली पनि शिक्षा प्रणाली जस्तै निःशुल्क हुन सक्छ । तर, शुल्कले मानिसहरुलाई प्रणालीमा अनावश्यक झमेला पैदा नगर्न सहयोग पुर्याउन सक्छ । अधिकांश भागमा चिकित्सा प्रणाली पनि शिक्षा प्रणाली जस्तै सञ्चालन भएको देखिन्छ । ऐजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.