काठमाडौंका सडकमा धुवाँ आउने गरी सेकुवा पोल्न नपाइने

  २०८० वैशाख ८ गते १५:५१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । वायु प्रदूषण भएको भन्दै महानगरपालिकाले नगर प्रहरी मार्फत सडक र सडकपेटीमै धुँवा आउने गरी सेकुवा पोल्न रोक लगाउन सुरु गरेको हो ।

पुतलीसडक र सिनामंगल क्षेत्रमा अरुलाई असर गर्ने गरी सेकुवा पोल्न बन्द गर्न सचेत गरएको महानगरले जनाएको छ ।

महानगरले सचेत गराएपछि पनि सेकुवा पसलेले अरुलाई असर पर्नेगरी धुँवा निकाले कारवाही गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.