कृषि विकास बैंकको ११ प्रतिशत लाभांश सेयरधनीको खातामा जम्मा

  २०८० वैशाख ८ गते ७:२५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकका सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको बैंकले जनाएको छ ।

बैंकको चैत १४ गते सम्पन्न १६औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश आईपीएस मार्फत सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको बैंकले जनाएको छ ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई तत्काल गर्न बैंकले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ ।

नगद लाभांश बैंक खातामा नगएका सेयरधनीहरुको विवरण सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलको वेभसाइटमा हेर्न सकिनेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.