गाउँपालिकाका तत्कालीन अध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  २०८० वैशाख ७ गते १८:२१     विकासन्युज

काठमाडौं । सिरहा लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

पुल/कल्भर्ट निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृतसहित २३ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता भएको हाे ।

लक्ष्मीपुर-४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कल्भर्ट निर्माण समयमै सम्पन्न नगरेको, भएका काम पनि कम गुणस्तरका देखिएको र भुक्तानी नै गर्न नमिल्ने ३१ लाख ७४ हजार ४६७ रुपैयाँ मिलेमतोमा उपभोक्ता समितिलाई भुक्तानी दिने/लिने गरेको पुष्टि गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

धन्छुवारको नयाँ नदीमा पुल/कलभर्ट निर्माण कार्य बीचमै अलपत्र पारेको, भए/गरेको कार्यसमेत न्यून गुणस्तरको सामग्री प्रयोग गरिएको, सोही पुल/कल्भर्ट अर्को उपभोक्ता समितिबाट निर्माण गराउँदा पनि उक्त भौतिक संरचना बेकम्मा भई संरचना पूर्ण गर्न नसकिने अवस्थामा भुक्तानी दिएकोलगायत विषय अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.