सनराइज बैंकको नाफा १ अर्ब ६७ करोड, कस्ता छन् अन्य सूचक ?

  २०८० वैशाख ७ गते ७:२६     विकासन्युज

काठमाडौं । सनराइज बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको गत आवको सोही अवधिमा १ अर्ब ८२ करोड रुपैयाँ थियो । तर, अहिले नाफा घटेको छ ।

बैंकले यो अवधिमा ४ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, बैंकले तेस्रो त्रैमासमा १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.६२ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८७.१० प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको सीडी रेसियो ९१.८६ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १५.४३ रुपैयाँ छ ।

बैंकको वितरणयोग्य नाफा ४ करोड ८३ लाख रुपैयाँ नोक्सानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.