विभिन्न संस्थासँग दाँजेर उपयुक्त बैंकिङ्ग सेवा लिनुहोस् : राष्ट्र बैंक

  २०८० वैशाख ६ गते ७:५१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनु अघि विभिन्न संस्थासँग दाँजेर लिनुपर्ने नेपाल राष्ट्र बैंकले बताएको छ । वित्तीय चेतनाका लागि प्रकाशन गरेको सूचनामा राष्ट्र बैंकले कसैको बहकाउमा सेवा लिन नहुने बताएको हो ।

‘बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सोसँग सम्बन्धित सम्पूर्ण सर्त तथा सोबापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरू दाँजेर आफूलाई उपयुक्त हुने सेवा मात्र लिनुपर्दछ, कसैको बहकाउमा लागेर सम्पूर्ण जानकारी नलिई यस्ता सेवा लिनुहुँदैन,’ राष्ट्र बैंकले भनेको छ ।

बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई वित्तीय सेवासम्बन्धी सर्त, शुल्क, हर्जाना, जरिवाना, कमिसन आदिका बारेमा सरल एवम् स्पष्ट भाषामा निःशुल्क रूपमा जानकारी दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

ग्राहकलाई सम्पूर्ण विषय सरल भाषामा बुझाएर मात्र व्यावसायिक सम्बन्ध स्थापना गर्नु बैंक तथा वित्तीय संस्थाको दायित्व भएको राष्ट्र बैंकले बताएको छ । वित्तीय सेवाका सर्त तथा शुल्कका बारेमा प्रश्न गर्दा स्पष्ट जानकारी नपाइएमा सम्बन्धित संस्थाका गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.