नेपाल फाइनान्सले घरजग्गा र फ्ल्याट बेच्दै

  २०८० वैशाख ६ गते ७:३१     विकासन्युज

काठमाडौं । नेपाल फाइनान्सले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । फाइनान्स कम्पनीले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो ।

फाइनान्सले काठमाण्डौंको साविक जोरपाटी गा.वि.स. ८ स्थित कित्ता नम्बर १०९ को क्षेत्रफल ४१६ वर्गमिटर भएको जग्गा र भक्तपुरको साविक दधिकोट गा.वि.स. ९ स्थित कित्ता नं. २७०५ को क्षेत्रफल ३-३-०-० भएको जग्गा र सो जग्गामा बनेको घर बिक्री गर्ने भएको हो ।

साथै, काठमाण्डौं महानगरपालिका १४ कुलेश्वर स्थित कित्ता नम्बर २४९ को ओरियण्टल विल्डर्स एण्ड डेभ्लपर्सद्वारा निर्मित फल्याट पनि बिक्रीमा राखिएको छ । सो फ्ल्याटको क्षेत्रफल १ हजार ११४ वर्गफिटको तेस्रा तल्लामा छ ।

उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले १५ दिन अर्थात् बैशाख २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ ।

साथै, साथ आफूले कबोल गरेको अंकको कम्तीमा १० प्रतिशत रकम दाखिला गर्नुपर्ने जनाएको छ । शिलवन्दी बोलपत्र १६ औं दिन अर्थात् बैशाख २१ गते केन्द्रिय कार्यालय कमलादीमा खोलिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.