ब्याज आम्दानी बढेसँगै निफ्राको नाफा अर्ब क्लबमा, अधिकांश सूचकमा फड्को मार्याे

  २०८० वैशाख ६ गते ६:३९     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६७.२८ प्रतिशत बढेर १ अर्ब १६ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको ब्याज आम्दानी र सञ्चालन नाफा बढेका कारण ९ महिनाको अवधिमै अर्ब क्लबमा प्रवेश गरेको हो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशत बढेर २ अर्ब ४४ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २९ करोड १३ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।

विवरण अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अधिकांश सूचकमा सुधार गरेको छ । समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३५५.०३ प्रतिशत बढेर १ करोड ७४ लाख रुपैयाँ, कूल सञ्चालन आम्दानी ५६.११ प्रतिशत बढेर २ अर्ब २ करोड १८ लाख रुपैयाँ, सञ्चालन नाफा ६७.३१ प्रतिशत बढेर १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ र बैंकको वितरणयोग्य नाफा ९१ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ, जगेडा कोष ४१ प्रतिशत बढेर १ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ, निक्षेप ९९ प्रतिशत बढेर ७९ करोड ६८ लाख र कर्जा ८४.८६ प्रतिशत बढेर २२ अर्ब ८ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २.८८ रुपैयाँ बढेर ७.१७ रुपैयाँ पुगेको छ । साथै, बैंकको प्रतिसेयर नेटवर्थ १०९.१९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.६३ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.