प्रभु क्यापिटल लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा आजीवन छुट

  २०८० वैशाख ५ गते १७:५२     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शूल्कमा आजीवन सत प्रतिशत छुटको अफर ल्याएको छ । यो अफर जेठ महिना सम्म संचालन हुने क्यापिटलले जनाएको छ ।

क्यापिटलको अनुसार यो अवधिभित्र डिम्याट खाता खोल्ने हितग्राहीले पनि यस लगानी व्यवस्थापन सेवाको फाईदा लिन सक्नेछन् । ग्राहकले ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्ने क्यापिटलले जानकारी दिएको छ ।

क्यापिटलको अनुसार ३ लाख लगानी गर्ने ग्राहकले क्यास, आफ्नो सेयर पोर्टफोलियो, अथवा क्यास र शसेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।

ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि डिम्याट खाता खोलि यस योजनामा सहभागी भई आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.