सिद्धार्थ बैंकले ल्यायो विशेष घर कर्जा, ७ वर्षसम्म ब्याज स्थिर

  २०८० वैशाख ५ गते १७:२३     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ वर्ष २०८० को अवसरमा विशेष घरकर्जा सुविधा ल्याएको छ । लबैंकले घर खरिद, निमार्ण र पुर्ननिर्माणका लागि ११.७५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा ल्याएको हो ।

बैंकको अनुसार यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो ७ वर्षसम्मका लागि स्थिर रहनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागु गरिएको छ ।

यस योजनाले सबै ग्राहकहरुलाई आफ्नै घर बनाउने सपनालाई पुरा गर्नेछ भन्ने विश्वास बैंकले लिएको जनाएको छ । बैंकले विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.