८४० सदस्यलाई उद्यमी बनाउने अभियान संचालन गर्दै किसान बहुउद्देश्यीय

  २०८० वैशाख ५ गते १२:४६     विकासन्युज

काठमाडाैं । किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य लक्षित उद्यमशिलता विकास प्रशिक्षण अभियान सुरु गरेको छ ।

स्वावलम्बन विकास केन्द्र काठमाडौंको पहलमा नेपाल भरीका लघुवित्त संस्था र सहकारी संस्थाहरुगरी १८ वटा संस्थाहरु सँगको सहकार्यमा आगामी २ वर्षभित्र मुलुकभर करीब ५ हजार सदस्यलाई उद्यमी बनाउने योजना अनुसार अभियान सुरु गरिएको स्वावलम्बन विकास केन्द्रका चन्द्रकान्त पण्डितले जानकारी दिए ।

यस अभियान अन्तर्गत आफ्नाे कार्यक्षेत्र रहेका हरेक शाखाबाट २० जनाका दरले उद्यमी तयार गर्ने योजना रहेको जनाएको छ । सहकारीका ४२ वटा शाखा रहेका छन् ।

संस्थाले यस अभियानकाे पहिलाे चरण अन्तर्गत २० वटा शाखाकाे प्रमुखहरुलाई प्रशिक्षण दिइसकेकाे छ । दोस्रो चरणमा संस्थाले शाखा प्रमूखमार्फत सदस्यहरुलाई कृषि र गैरकृषि क्षेत्रमा उद्यमशिलता विकासका लागि तालिम दिने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.