अजोड र यूनाइटेडले डाके विशेष सभा, मर्जरपश्चात् अजोडको ८२.५ कित्ता सेयर

  २०८० वैशाख ५ गते ७:३०     विकासन्युज

काठमाडौं । मर्जर प्रस्तावलाई अन्तिम रुप दिन अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएका छन् । दुवै इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैशाख ४ गते बसेको बैठकले बैशाख २५ गते विशेष साधारण सभा बोलाएका हुन् ।

अजोड इन्स्योन्सको सभा यूनाइटेड ट्रेड सेन्टर त्रिपुरेश्वर र यूनाइटेड इन्स्योरेन्सको अनमोल ब्याङ्क्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजे बोलाएका हुन् ।

सभाले अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभ्ने तथा गाभिए पश्चात् यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट निर्जीवन बीमा व्यवसाय सुरु गरिने प्रस्ताव पारित गर्नेछन् ।

दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको छ । अर्थात् अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् ।

गत पुस अन्तिममा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । एकीकृत कारोबार पश्चात् अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजद श्रेष्ठ बन्ने छन् ।

विशेष साधारणसभा प्रयोजनार्थ अजोडले बैशाख १२ गते र यूनाइटेडले बैशाख १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कारोबार भइ कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.