निकटकालाई अपरेशन विभागको जिम्मा दिएपछि अध्यक्ष अधिकारीलाई सोधियो स्पष्टीकरण

  २०८० वैशाख ४ गते १६:४०     विकासन्युज

काठमाडौं । योग्यता नै नपुगेका पाइटललाई अपरेशन विभागको जिम्मेवारी दिएको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग स्पष्टीकरण माग गरेको छ ।

तत्कालीन अपरेशन विभाग प्रमुख रवीन्द्रकुमार शेरचनलाई निलम्बन गर्दै अधिकारीले योग्यता नै नपुगेका क्यापटेन उद्धव घिमिरेलाई अपरेशन विभागको जिम्मा दिएका थिए ।

निगमकाे अपरेसन विभागका प्रमुख हुनका लागि तोकिएको मापदण्डमा पाँच वर्ष व्यवस्थापन तहमा काम गरेको हुनुपर्छ । तर घिमिरेसँग निगमको व्यवस्थापन तहमा रहेर काम गरेका अनुभव नै छैनन्। मापदण्ड विपरित अध्यक्ष अधिकारीले गत चैत २० गते घिमिरेलाई विभागीय प्रमुखकाे जिम्मेवारी दिएका थिए ।

यस्तै, प्राधिकरणले उडानका क्रममा जहाजका क्यापटेनलाई निलम्बन गरेको भन्दै उनसँग स्पष्टिकरण माग गरेको छ ।

निगमका न्यारोवडी जहाजका क्यापटेन तथा निगमको अपरेशन विभागका प्रमुख समेत रहेका रविन्द्रकुमार शेरचनलाई अध्यक्ष अधिकारीले हङकङ–काठमाडौं उडानका क्रममा गत मंगलबार निलम्बन गरेका थिए ।

काठमाडौं–दोहा उडानमा व्यवस्थापकिय कमजोरि देखिएको भन्दै उनलाई निलम्बन गरिएको थियो ।

यस्तै, प्राधिकरणले सात दिनभित्र सुरक्षा कक्षा (र्याम्प तालिम) लिएर सोको प्रमाणपत्र पेश गर्न चैत १७ गते निर्देशन दिएको थियो । तोकिएको समय सकिदासम्म तालिम लिएको प्रमाणपत्र पेश नगरेको भन्दै पुनः पेश गर्न निर्देशन दिएको हो ।

गत फागुन २४ गते ¥याम्प जाकेट र परिचयपत्र नलगाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरसाइडमा (रनवे) पुगेको थिए ।
प्राधिकरणले सोमबार तीन विषयमा प्रश्न गर्दै सोको स्पष्टीकरण तीन दिनभित्र बुझाउन निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.