राष्ट्रिय गौरवका आयोजनाको काम कछुवा गतिमा, सम्पन्न भएका पनि सञ्चालनमा आउन सकेनन्

  २०७९ चैत ३० गते १७:५६     विकासन्युज

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि सारेका अधिकांश आयोजनाको काम अति सुस्त गतिमा भएका छन् । महालेखा परीक्षकको कार्यालयले २४ वटा राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको जनाएको छ ।

आयोगले बिहीबार महालेखापरीक्षकको ६० औं प्रतिवेदनको सारांश सार्वजनिक गर्दै माथिल्लो तामाकोशी बाहेक सम्पन्न भएका आयोजना पनि पूर्ण रुपमा कार्यान्वयनमा नआएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

विस्तृत आयोजना प्रतिवेदन तयार नगरी निर्माण कार्य शुरु गर्नु, आयोजना कार्यान्वयन मोडालिटी स्पष्ट नहुनु, जग्गा प्राप्ति र क्षतिपूर्ति विवाद हुनु, युटिलिटी सर्भिस स्थानान्तरणमा अन्तर निकाय समन्वय नहुनु सीमांकन रेखांकन विवाद, वातावरणीइ प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत, निर्माण क्षमताको अभाव, कमजोर अनुगमन मूल्यांकन लगायत समस्याले गर्दा आयोजना निर्माणको समय र लागत दुवै वृद्धि भएको महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ ।

राष्ट्रिय गौरवका आयोजनाको कामको प्रगतिको अवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.