खारेजीको प्रकृयामा रहेको कृष्टल फाइनान्सका ऋणीले असार मसान्तसम्म कर्जा तिर्नुपर्ने

  २०७९ चैत ३० गते ७:०६     विकासन्युज

काठमाडौं । उच्च अदालको फैसलाअनुरुप खारेजीको प्रकृयामा रहेको कृष्टल फाइनान्स लिमिटेडका खराब कर्जामा बर्गिकरण भएका ऋणीहरुले आगामी असार मसान्तसम्म कर्जा असुल गर्नुपर्ने भएको छ । क्रिष्टल फाइनान्स लिमिटेड लिक्विडेटरको कार्यालयले एक सूचना प्रकाशित गर्दै फाइनान्सलाई छिटो खारेज गर्नुपर्ने भएकाले खराब ऋणीहरुलाई समय सिमा दिएर कर्जा बुझाउन भनेको हो ।

तोकिएको अवधिमा कर्जा असुली गरेमा खराब कर्जा असुली कार्यविधि २०७७ अनुसार सुविधा पनि प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.