शिवशक्तिका अग्रवाल ठूला करदाताको रुपमा सम्मानित

  २०७९ चैत २८ गते १७:३७     विकासन्युज

काठमाडौं । शिवशक्ति घिउ उद्योगका कार्यकारी निर्देशक सन्दिपकुमार अग्रवाल ठूला करदातामध्ये एकको रुपमा सम्मानित भएका छन् ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभाका अवसरमा उनी निर्यात कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन सत्रमा शिवशक्ति घिउ उद्योग प्रालिलाई निर्याततर्फको सबैभन्दा ठूलो करदाताको रुपमा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकारी निर्देशक अग्रवाललाई उक्त सम्मान हस्तान्तरण गरेका थिए ।

शिवशक्ति घिउ उद्योग प्रशोधित तेल उत्पादन र निर्यातमा संलग्न छ । अग्रवाल बुधबार हुने महासंघको निर्वाचनमा कार्यकारिणी सदस्य उम्मेदवार पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.