बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति, संस्थागतको ६ प्रतिशत गर्न लविङ

  २०७९ चैत २८ गते १६:२५     विकासन्युज

काठमाडौं । बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँग गरेको भेटमा बैंकको निक्षेपको ब्याजदर घटाएर ९.९ प्रतिशतमा झार्ने सहमति भएको हो ।

यससँगै मंगलबार सिविफिनले आयोजना गरेको पत्रकार सम्मेलनमा सिविफिनका वरिष्ठ अध्यक्ष भोजबहादुर थापाले अर्थमन्त्री र गभर्नरले अब ब्याजदरलाई ९.९ प्रतिशतमा व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको बताएका छन् ।

सोही सम्मेलनमा बोल्दै सिविफिनका अध्यक्ष पवन गोल्यानले पनि बैशाखदेखि निक्षेपको व्याजदर घट्ने बताएका छन् ।

‘भारतमा ६ प्रतिशत ब्याजदर छ, नेपालमा ११ प्रतिशत छ, हामीले ९.९ प्रतिशत हुनुपर्ने माग राखेका छौं, अहिले ब्याज बढी भएपनि निक्षेप बढेको छैन, थप प्रष्ट पार्दै उनले भने- ‘बैशाखदेखि ९.९ प्रतिशत हुन्छ, जेठपछि ८ प्रतिशत हुन्छ ।’

उनका अनुसार बैशाखदेखि संस्थागतको ब्याजदर ६ प्रतिशत हुने छ । यससँगै निक्षेपको ब्याजदर घटेपछि कर्जाको पनि घट्ने छ र ऋणीलाई राहत हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.