मोटरहेडको नयाँ वर्ष अफर : नगद छुटदेखि बीमासम्मको सुविधा

  २०७९ चैत २३ गते १८:२६     विकासन्युज

काठमाडौं । मोटरहेड मोटरसाइकलले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।

नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेडले ‘सुपर पावर २०८०, यो नयाँ वर्ष सुरक्षा र सुविधा हाम्रो, सवारी तपाईंको’ नामक अफर ल्याएको हो ।

कम्पनीले मोटरहेडका सन् २०२२ मोडलका बाइकहरूमा अफर चैत्र २४ गतेबाट लागु हुने र सन् २०२१ देखिका मोडलहरूमा ‘स्टक क्लियरेन्स’ अफर कायम राखेको जानकारी दिएको छ ।

कम्पनीले सबै मोडलको बाइकको खरिदमा नगदरफाइनान्स र एक्सचेन्ज लगायतका अफर पनि ल्याएको छ ।

कम्पनीको अनुसार यस अफरमा ग्राहकले मोटरहेडका बाइक नगद खरिद गरे वापत ग्राहकले २०२२ का मोडलमा २०८०/८१ सम्मको कर छुट, पूर्ण बीमाको सुविधा र फाइनान्स खरिदमा आफूले खरिद गरेको बाइकको पूर्ण ग्राहकले कम्पनीबाटै सुविधा पाउने छन् ।

यस्तै, बाइक सट्टापट्टा गरी लिँदा ग्राहकले आफ्नो पुरानो बाइकको बजार मुल्याङकनमा कम्पनीबाट थप १५ हजार रुपैयाँ मुल्याङकन अफर स्वरुप प्राप्त गरी नयाँ बाइक लिन सकिने कम्पनीले जनाएको छ ।

साथसाथै, कम्पनीको अनुसार यस ब्राण्डका बाइक खरिदमा कम्पनीको तर्फबाट फूल हेल्मेट निःशुल्क पाइने छ ।

मोटरहेडका स्पोर्ट २५०, टेक्कन आर २५०, टेक्कन २५०, एमएच १५०, स्क्रयाम्बल र एक्स(टोर्क गरी जम्मा ६ वटा मोडलहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.