टिभिएसले ल्यायो नयाँ वर्षको अफर, पक्का डिस्काउन्टदेखि नि:शुल्क हेलमेट पनि

  २०७९ चैत २० गते १९:२५     विकासन्युज

काठमाडौं । टिभिएसले नयाँ वर्षको अवसरमा आकर्षक अफरहरु लिएर आएको छ ।

कम्पनीले नयाँ वर्षको अवसरमा आफ्ना हरेक बाइकको खरिदमा ८ हजार र स्कुटरको खरिदमा ७ हजारको पक्का डिस्काउन्ट दिने जनाएको छ । यस्तै, कम्पनीको अनुसार यस अवसरमा अपाचे बाइकको खरिदमा ५ हजार मुल्य बराबरको हेल्मेट पनि सित्तैमा पाइनेछ ।

त्यसका साथै, कम्पनीले ० प्रतिशत ब्याजदरको फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मुल्यभन्दा १० हजार बढी भ्यालुएसन पनि दिने जनाएको छ ।

चैत्र १९ बाट सुरु भएको यो अफर देशैभर सिमित अवधिको लागि मात्र लागु हुने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.